सूचनाको शक्ति - The Power Of Information

        

फिलिपिन्समा आएको गोनी आँधीका कारण १० जनाको मृत्यु, तीन जना बेपत्ता

काठमाडौं । फिलिपिन्समा आएको गोनी आँधीका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

दक्षिणी फिलिपिन्सको आइपुइ लुजनको मुख्य टापुमा आएको शक्तिशाली आँधीका कारण अल्बे प्रान्तका ९ जना र एक जनाको क्यान्डुआनेस टापुमा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

फिलिपिन्सको मौसम विभागका अनुसार करिब चार लाख सर्वसाधारण विस्थापित भएका छन् । बिस्थापितहरुमध्ये तीन लाख भन्दा बढी सरकारी आवासहरुमा बस्दै आएको अधिकारीहरुले जनाएका छन् ।

२२५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले विभिन्न भौतिक संरचनाहरुमा क्षति पु¥याएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

आँधीका कारण पहाडी क्षेत्रमा गएको पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । गोनी यस वर्ष फिलिपिन्समा आएको १८ औं आधी रहेको मौसम विभागले जनाएको छ ।

गत हप्ता मात्र आएको मोलाभ आँधीमा परेर २२ जनाको मृत्यु भएको थियो । आँधीका कारण फिलिपिन्सका ग्रामिण क्षेत्रमा लगाइएको हजारौं हेक्टर कृषि उत्पादन नस्ट भएको बताइएको छ ।

आँधीका कारण फिलिपिन्समा हरेक वर्ष जुनदेखि डिसेम्बरसम्म हजारौं प्रभावित हुने गरेका छन् । आँधीका कारण सयौंको ज्यान जाने गरेको छ भने लाखौं डलर बराबरको क्षति हुने गरेको छ ।

‘प्यासिफिक रिङ अफ फायर’ मा रहेको फिलिपिन्समा सक्रिय ज्वालामुखी, लगातारको भूकम्प र अत्याधिक आँधी आउने देशमा पर्छ ।

फिलिपिन्समा हरेक वर्ष कम्तिमा २० वटा आँधी आउने गरेको फिलिपिन्स विश्वमा सबैभनद बढी प्राकृतिक प्रकोपबाट प्रभावित हुने मुलुकमध्ये एक हो ।

सन् २०१० देखि २०१९ सम्म फिलिपिन्समा आएको आँधीका कारण अर्बौ अमेरिकी डलर बराबरको भौतिक क्षति भएको सरकारी तथ्यांक छ ।(एजेन्सी)

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार ०७:२१