सूचनाको शक्ति - The Power Of Information

        

नेपाललाई दुई स्वर्ण

काठमाडौं । अनलाइनल कराते वल्र्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, एक रजत र सात कांस्य जितेको छ।

नेसनल कराते अफ ब्राजिलको आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका नीता आचार्य र सोनिम मानन्धरले स्वर्ण जितेका थिए।  १३ देखि २१ वर्ष समूहमा नीताले स्वर्ण जित्दा ब्राजिलकी क्यारोलिन एजोभेदोले रजत तथा इन्डोनेसिया र भारतका खेलाडीले कांस्य जिते।

यस्तै पुरुषतर्फको सोही स्पर्धामा सोनिमले भारतका सायक कमाकरलाई पछि पारे।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतवार १३:३५