सूचनाको शक्ति - The Power Of Information

        

विश्वमा कोरोना संक्रमणबाट १२ लाखभन्दा बढीको ज्यान गयो

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड ६३ लाख ९४ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि १२ लाख ३९७ पुगेको छ ।
हालसम्म ३ करोड ३४ लाख ८७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९४ लाख २ हजार ५९० पुगेको छ । यहाँ हालसम्म २ लाख ३६ हजार ७२ हजार जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म ८१ लाख ८४ हजार ८२ संक्रमित हुँदा १ लाख २२ हजार १४९ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५५ लाख ३५ हजार ६०५ जना संक्रमित हुँदा १ लाख ५९ हजार ९०२ जनाको मृत्यु भएको छ ।
रुसमा १६ लाख १८ हजार ११६ संक्रमित हुँदा २७ हजार ९९० जनाको मृत्यु भएको छ । फ्रान्समा १३ लाख ६७ हजार ६२५ संक्रमित हुँदा ३६ हजार ७८८ जनाको मृत्यु भएको छ ।
स्पेनमा संक्रमितको संख्या १२ लाख ६४ हजार ५१७ पुगेको छ भने ३५ हजार ८७८ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ११ लाख ६६ हजार ९२४ संक्रमित हुँदा ३१ हजार २ जनाको मृत्यु भएको छ ।
कोलम्बियामा १० लाख ७४ हजार १८४ संक्रमित हुँदा ३१ हजार ३१४ जनाको मृत्य भएको छ । यता, बेलायतमा हालसम्म १० लाख ११ हजार ६६० जना संक्रमित रहेका छन् ४६ हजार ५५५ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ९ लाख ९४ हजार ९६२ जना संक्रमित हुँदा ९१ हजार ७५३ को मृत्यु भएको छ । पेरुमा ९ लाख २ हजार ५०३ जना संक्रमित हुँदा ३४ हजार ४७६ जनाको मृत्यु भएको छ ।
साउथ अफ्रिकामा ७ लाख २५ हजार ४५२ जना संक्रमित हुँदा १९ हजार २७६ जनाको मृत्यु भएको छ । इटलीमा ६ लाख ७९ हजार ४३० जना संक्रमित हुँदा ३८ हजार ६१८ जनाको मृत्यु भएको छ ।
इरानमा ६ लाख १२ हजार ७७२ जना संक्रमित हँदा ३४ हजार ८६४ जनाको मृत्यु भएको छ । जर्मनीमा ५ लाख ३१ हजार ७९० जना संक्रमित हुँदा १० हजार ५८३ जनाको मृत्यु भएको छ । चिलीमा ५ लाख १० हजार २५६ जना संक्रमित हुँदा १४ हजार २०७ को मृत्यु भएको छ ।
बंगलादेशमा हालसम्म ४ लाख ७ हजार ६८४ जना संक्रमित हुँदा ५ हजार ९२३ को मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख ३३ हजार ९७० संक्रमित हुँदा ६ हजार ८२३ जनाको ज्यान गएको छ ।
नेपालमा भने अहिलेसम्म १ लाख ७० हजार ७४३ जना संक्रमति फेला पर्दा १ लाख ३१ हजार २२२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ९३७ जनाको भने मृत्यु भएको छ । जापानमा १ लाख ३९२ जना संक्रमित हुँदा १ हजार ७५५ जनाको ज्यान गएको छ ।
यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा २४ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ९९७ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतवार ११:५०