सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका दुई मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका आफू निकट दुई मन्त्रीलाई राजीनामा नदिन नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएको बुझिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार माधव नेपाल समूहका सांसदहरुसँग भएको पूर्वसहमति अनुसार आफ्नो मन्त्रिपरिषदमा हेरफेर गर्दैछन् ।

उनले नेपाल समूहबाट तीनजनालाई स्थान दिने तयारी गरेका बेला ओलीले आफू निकट मन्त्री दल रावल र नन्दसिंह बुढालाई हतारमा राजीनामा नदिन निर्देशन दिएको पार्टी स्रोतले बतायो । यता मन्त्री रावलले भने आइतबार सामाजिक सञ्जालमा भनेका सामाजिक विकास मन्त्रीको रुपमा काम गर्ने अवसर दिएकोमा धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्षरूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’ स्रोतका अनुसार रावल र बुढालाई मुख्यमन्त्री शाही पक्षबाट राजीनामा दिन दबाब आएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतवार ११:४७