सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाका कारण बाँके र सुर्खेतमा थप २ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण बाँके र सुर्खेतमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका–१ कैलालीका ६० वर्षीय पुरुषको गएराति निधन भएको हो ।

यस्तै सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको पनि गएराति नै मृत्यु भएको हो ।

कैलालीका पुरुष कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि कोभिड वार्डमा सारेर उपचार गराइरहेका उनको गएर मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यसैगरी सुर्खेतका पुरुषलाई उपचार गर्न प्रादेशिक अस्पतालमा पुर्याएको एक घण्टामै मृत्यु भएको थियो । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १६ पुगेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतवार ११:०७