सूचनाको शक्ति - The Power Of Information

        

ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

सल्यान । सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका–६ जाँदै ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । भे १ त ८३१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको हो ।

छेडागाड नगरपालिका–१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार १०:३३