जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसावले सहज होस् भनेर सम्पत्ति कर सङ्कलनमा डिजिटल प्रणाली लागू गरिएको हो ।
पालिकाभरका ७ वटै वडामा यो प्रणाली लागु गरिएको उनले बताए । सूचना प्राविधिक अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति कर सङ्कलन गर्न चार क्षेत्र छुटयाइएको छ । व्यापारिक क्षेत्रमा ५००, आवासीय क्षेत्रमा ३००, कृषि क्षेत्रमा २५० र वन तथा बगर क्षेत्रमा प्रति वर्गमिटर १०० रुपैयाँ कर तोकिएको उनले बताए ।
यो प्रणाली हिमा गाउँपालिकाका सात वटै वडामा लागू भएको सूचना प्राविधिक अधिकृत रावतले बताए । यहाँका स्थानीयवासी यसअघि कर तिर्न गाउँपालिकामा धाउनुपर्ने बाध्यता थियो । सूचना प्राविधिक अधिकृत रावतका अनुसार यो प्रणाली लागू भएसँगै अब वडापालिकाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनुपर्ने बाध्यता टरेको छ ।
सत्यपाटी ।