सूचनाको शक्ति - The Power Of Information

        

विश्व शहर दिवस मनाइँदै

काठमाडौं ।  आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ। शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ। यस वर्षको नारा ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ रहेको छ।

यस वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नगरिएपनि पनि भर्चुअल माध्यमबाट गरिने शहरी विकास मन्त्रालयले जनाएको छ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले दिवसको अवसरमा सबैलाई शुभकामना दिएका छन्। विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण हो भन्ने कुरालाई पुष्टि गर्न पनि नेपालमा यो दिवस मनाउन थालिएको उनको भनाई छ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार ०७:४३