सूचनाको शक्ति - The Power Of Information

        

म्याग्दीमा जीप दुर्घटना : १ जनाको मृत्यु, २ जना गम्भीर घाइते

म्याग्दी । म्याग्दीको ठाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको जीप बेनी–गलेश्वर सडक खण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

११ जना यात्रु सवार ध१ज ८९६ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा १० वर्षीया रिया विकको मृत्यु भएको तथा चालकसहित २ जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी दत्तप्रसाद चौधरीले जानकारी दिए ।

दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार १२:३२