सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमित पत्रकार विष्णु चौलागाईंको निधन

काठमाडौं ।  काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको कोरोना संक्रमणका कारण निधन भएको छ।

काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको कोरोना संक्रमणका कारण शुक्रबार बिहान निधन भएको हो।

उनलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

उनी ब्रोनक्राइटिस पीडित थिए।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार ११:०३