सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

उपत्यकामा १६१५ सहित २३६४ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

९७६९ जनाको पीसीआर परीक्षण

काठमाडौं । पछिल्लो २४ घण्टामा २३६४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९७६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार १६:४४