सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम दिनभर कस्तो रहनेछ?

काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु भूभागमा मौसम सफा हुनेछ । उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण मौसम सफा रहने भएको हो ।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

राति भने देशभर मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार ०७:५७