सूचनाको शक्ति - The Power Of Information

        

बडादशैंको चौथो दिनः टीका र जमरा ग्रहण गर्नेक्रम जारी

काठमाडौं । बडादशैंको टीकाको चौथो दिन आजपनि बिहानैदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गर्नेक्रम जारी रहेको छ ।

दशमीको दिनदेखि सुरु भएको टीका ग्रहण आज पनि निरन्तर रहेको छ । घटस्थापनाका दिन विधिपूर्वक दसैँघरमा टीका तथा जमरा स्थापना गरिन्छ ।

सोही टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ ।

ठूलाले सानालाई टीका लगाइदिएर आशीर्वाद दिने दशैंमा आफ्ना घरमा पहिला टीका लगाएर आफन्तकहाँ जाने चलन रहेको छ ।

दशैंले आपसी सद्भाव, सुख तथा शान्ति हुने धार्मिक विश्वास रहेको छ ।

यस वर्षको दसैँमा कोरोना महामारीको प्रभाव रहे पनि टीका तथा प्रसाद ग्रहण गर्ने क्रम भने जारी रहेको छ ।

परिवारजन तथा आफन्तकहाँ गएर टीका ग्रहण गर्ने क्रम पूर्णिमासम्म जारी रहने छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार ०७:२१