सूचनाको शक्ति - The Power Of Information

        

प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको निधन

काठमाडौं । प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको ८५ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको हात्तीसारस्थित आफ्नै निवासमा मुल्मीको ८५ वर्षको उमेरमा निधन भएको हो ।

नेपाली कांग्रेसले मुल्मीको निधनप्रति शोक व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले मुल्मीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

०१७ फागुन १५ गते भएको विरोध प्रदर्शनमा उनी पक्राउ परेका थिए । उनलाई पाँच  सय रुपैयाँ जरिवाना गरी छोडिएको थियो ।

प्रजातन्त्र पुनर्स्थापनाका लागि सक्रिय भएपछि पक्राउ परेका मुल्मीले डेढ वर्ष जेल जीवन पनि बिताएका थिए ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार १२:५८