सूचनाको शक्ति - The Power Of Information

        

स्याङ्जाका १२ सहित गण्डकीमा थप २३ जनामा कोरोना संक्रमण

काठमाडौं । स्याङ्जाका १२ जना सहित गण्डकी प्रदेशमा बुधबार बिहान थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा संक्रमित हुनेमा चापाकोटका आठ र गल्याङका चार जना छन् ।

कास्कीमा सात जना संक्रमित थपिएका छन् । थपिएका सबै पोखरा महानगरका हुन् । त्यसैगरी गोरखामा दुई जना, मुस्ताङ र तनहुँमा एक/एक जना संक्रमित थपिएका प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार बुधबार विहान थपिएका सहित संक्रमितको संख्या ६ हजार ८ सय १३ पुगेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार ११:३४