सूचनाको शक्ति - The Power Of Information

        

चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुर जिल्ला गैंडाकोट नगरपालिका–२ निवासी ५४ वर्षीय पुरुषको हिजो साँझ कोरोनाका कारण मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो ।

कार्तिक ३ गते स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा भोलीपल्ट संक्रमण पुष्टी भएको थियो । मधुमेहका विरामी उनलाई सघन उपचार कक्षमा भेन्टीलेटरको सहायताले उपचार गरिएको थियो ।

यस्तै भरतपुर सरकारी अस्पतालमा उपचाररत गोरखाकी १९ वर्षीया युवतीको पनि कोरोनाका कारण हिजो मृत्यु भएको छ ।

बारपाक सुलिकोट गाउँपालिका– १ की युवतीको कार्तिक ५ गते कोभिड– १९ संक्रमण पुष्टी भई श्वासप्रश्वासमा समस्या भएपछि कार्तिक ६ गते अस्पतालको कोभिड आइसीयुमा उपचार भइरहेको थियो ।

यो सँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ सय ७८ पुगेको छ । हिजो मात्र स्वास्थ्य मन्त्रालयले थप १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार ११:२५