सूचनाको शक्ति - The Power Of Information

        

जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ

गुल्मी । गुल्मीमा जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडाअध्यक्ष, निर्माण व्यवसायी लगायत रहेको एक प्रहरी अधिकृतले बताए । ती प्रहरी अधिकृतले पक्राउ परेकाहरुको परिचय खुलाउन चाहेनन् ।

तर, स्थानीयका अनुसार रेसुङ्गा नगरपालिका–७ का अध्यक्ष मोहनप्रसाद पाण्डे, निर्माण व्यवसायीसमेत रहेका युवा संघका नेता राजु पाण्डे लगायतलाई छन् । उनीहरुलाई रेसुङ्गा नगरपालिका–८ तम्घासस्थित एभरग्रीन होटलबाट गएराति पक्राउ गरिएको हो । उनीहरूको साथबाट ७० हजार नगदसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलवार १२:२५