सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

थप २ हजार ८५६ जनामा कोरोना, अझै ४५ हजार ५७२ जना सक्रिय सङ्क्रमित

बाँके । गएको २४ घण्टामा थप २ हजार ८५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ३११ जनाको स्वाब परीक्षण गरिएकोमा २ हजार ८५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ ।

आज थपिएका मध्ये एक हजार ५३५ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । यस्तै गएको २४ घण्टामा तीन हजार ३३६ जना कोरोना सङ्क्रमण मुक्त भएसँगै कोरोनाबाट निको हुनेको संख्या एक लाख ११ हजार ६७० पुगेको छ । अब नेपालमा ४५ हजार ५७२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतवार १७:२०