हामी दशैंको माहोलमा छौं । तपाईको घरमा घटस्थपनाको दिन राखेको जमरा टुसा आइसकेको होला । अब अष्टमीको दिन आउँन केही दिनमात्रै बाँकी छ । अष्टमीको दिन नेपालीहरुको घरघरमा खसि, बोका काटिन्छ ।
घरमा नै खसिबोका नकाट्नेहरुको घरमा पनि दशैमा मासु हुन्छ । मासुलाई दशैंको विशेष परिकारको रुपमा लिइन्छ । दशैको मासुलाई विशेष परिकार बनाउन पकाउन र स्वादिष्ट बनाउन पनि जान्नु पर्छ आज हामी तपाईलाई मासुलाई स्वादिष्ट बनाउने तरिका सिकाउँदैछौ ।
आवश्यक सामग्री
– खसीको मासु, टमाटर, लसुन र अदुवा, धनियाँ, सुकेको खुर्सानी, जीरा, गरम मसला, प्याज, नुन, बेसार, तोरीको तेल खुर्सानीको धुलो, तेजपत्ता, सुकमेल लगायतका मसला ।
पकाउने तरिका
– सम्भव भएसम्म घरमै पेलेको तोरीको तेल प्रयोग गनुस् ।
– कराईमा तेल राखेर तताउनुस् ।
– तेल तालेपछि ल्वाङ, सुकुमेल, दालचिनी, तेजपत्तालाई फुराउनुस् ।
– त्यसपछि प्याज हालेर रातो हुनेगरी भुट्नुस् ।
– प्याज रातो भएपछि खसीको मासु राख्नुस् ।
– खसीको मासुलाई दुई मिनेटसम्म चलाउँदै भुट्नुस् ।
– दुई मिनेटपछि बेसार, नुन राखेर चलाउनुस् ।
– नुन र बेसार राखेको मासुलाई २० मिनेटसम्म सानो आगोको तापमा पकाउनुस् ।
– समय–समयमा मासुलाई चलाउनुस् ।
– मासुलाई अति ठूलो आगोको तापमा थप १५ मिनेट पकाउनुस् ।
– ३५ मिनेटपछि मसला हाल्ने (मसला सकेसम्म घरमै पिधेँको प्रयोग गर्ने) र राम्रोसँग चलाउनुस् ।
– मसला राखेको ३ मिनेटपछि काटेको टमाटर राख्नुस् ।
– टमाटर पाकिसकेपछि मनतातो पानी मासुमा राख्नुस् ।
– मासुमा मनतातो पानी हालेपछि ५ मिनेट पकाउनुस् ।
– अन्तमा काटेको हरियो धनिया राख्नुस् । त्यसपछि झोल मासु तयार हुन्छ । तपाईले मिठो स्वादमा खान पाउनुहुन्छ ।
सत्यपाटी ।