सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाले धरानका थप दुईको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट धरान उपमहानगरपालिका–८ का दुई महिलाको बिहीबार बिहान मृत्यु भएको छ ।

उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ५४ वर्षीया महिलाको विराटनगरस्थित नोबल अस्पतालमा र ६० वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

कोरोना पुष्टि भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गर्न खोज्दा बेड अभाव भएपछि ५४ वर्षीया महिलालाई नोबल अस्पताल लगिएको थियो । बेड नपाएर ६० वर्षीया महिला होम आइसोलेसनमै बस्न बाध्य भएकी थिइन् ।

यससँगै धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।  होम आइसोलेसनमै मृत्यु हुनेको संख्या १७ छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार ०९:३८