सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

अमेरिकी वैज्ञानिक भन्छन्, ‘मुख कुल्ला गर्नुस्, कोरोना भाइरस मार्नुस्’

बाँके । मुख सफा गर्ने औषधि अर्थात् ‘ओरल एन्टिसेप्टिक’ र ‘माउथवास’ले कोरोना नियन्त्रणमा भूमिका खेल्ने अमेरिकाका वैज्ञानिकले दाबी गरेका छन् । उनीहरूका अनुसार कोरोना संक्रमण हुँदा यस्ता औषधिले मुख कुल्ला गर्ने हो भने भाइरस फैलिन पाउँदैन । प्रयोगशालामा गरिएको परीक्षणले यो पुष्टि भएको वैज्ञानिकको दाबी छ । उनीहरूका अनुसार नाक र मुखको सफाइले पनि कोरोना भाइरसको संख्या घटाउन सकिन्छ ।

यसरी भएको थियो अनुसन्धान

पेनसिलवेनिया विश्वविद्यालयका वैज्ञानिकका अनुसार प्रयोगशालामा ओरल एन्टिसेप्टिक, माउथवास र बेबी स्याम्पु मानिसमा पाइने कोरोना भाइरसमा प्रयोग गरिएको थियो । यी चिजको असर भाइरसमा अलगअलग देखिए । हरेक ३० सेकेन्ड, १ मिनेट र ३२ मिनेटपछि असरको जाँच गर्दा केही हदसम्म कोरोना भाइरस नष्ट भएको पाइयो । त्यसपछि त्यसमा मानव कोषिका हालियो । कतिपय कोषिका जीवित रहेको पाइयो ।

बेबी स्याम्पुले २ मिनेट र माउथवासले ३० सेकेन्डमा भाइरस निष्क्रिय पारेको पाइयो

जर्नल अफ मेडिकल भाइरोलजीमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार बेबी स्याम्पुको एक प्रतिशत अंशले २ मिनेटमा ९९.९ प्रतिशतसम्म कोरोना भाइरस निष्क्रिय पार्न सक्छ । अझ माउथवासले एक मिनेटसम्म गरगर गर्ने हो भने ९९.९९ प्रतिशतसम्म कोरोना निष्क्रिय बनाउन सकिन्छ । कोरोना संक्रमित एवं क्वारेन्टिनमा रहेका व्यक्तिले यो प्रयोग गरेका खण्डमा निकै प्रभावकारी हुने अनुसन्धानले देखाएको छ ।

जबसम्म खोप बन्दैन, तबसम्म संक्रमण रोक्ने नयाँ तरिका खोज्न आवश्यक

पेनसिलवेनिया विश्वविद्यालयको माइक्रोबायोलजिस्ट क्रेग मेयर्सका अनुसार जबसम्म खोप तयार हुँदैन, तबसम्म कोरोना संक्रमण रोक्ने यस्तै नयाँनयाँ तरिका खोज्न आवश्यक छ । उनी भन्छन्, ‘हामीले कोरोना भाइरसको संख्या घटाउन ओरल एन्टिसेप्टिक र माउथवास प्रयोग गर्ने गरेका छौं । यी सजिलै पाइने वस्तु हुन् । जसलाई मानिसले दैनिक प्रयोग पनि गरिरहेका छन् ।’ अहिलेसम्मका अनुसन्धानअनुसार नाक र मुख नै शरीरमा कोरोना भाइर प्रवेश गर्ने मुख्य द्वार हुन् । (दैनिक भास्कर)

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार ०९:३२