सूचनाको शक्ति - The Power Of Information

        

थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४५ हजार नजिक

देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ ।

जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

उनले पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए । यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३,२१५  जना कोरोना संक्रमण मुक्त भएका छन् भने यससँगै कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ।   हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १६:५७