सूचनाको शक्ति - The Power Of Information

        

हरिवंश आचार्य र उनकी श्रीमती कोरोना संक्रमणमुक्त

काठमाडौं। हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणमुक्त भएका छन्।

सामान्य लक्षण देखिएपछि उनीहरुले पीसीआर परीक्षण गर्दा असोज २० गते उनीहरूमा संक्रमण देखिएको थियो। आज १६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हरिवंशले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन्।

संक्रमण देखिएपछि दुवै जना होम आइसोलेसनमा बसेका थिए। आज फेसबुकमा पोष्ट गर्दै उनले भनेका छन्, “हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ। हामीलाई धेरै धेरै माया दिनुहुने सब्बैमा धन्यवाद।”

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १०:२८