सूचनाको शक्ति - The Power Of Information

        

स्पेनमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौं । स्पेनमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । पश्चिमी यूरोपेली मुलुकमा संक्रमितको संख्या १० लाख नाघ्ने स्पेन पहिलो मुलुक बनेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा १६ हजार ९ सय ९३ संक्रमित थपिएका छन् भने १ सय ५६ जनाको मृत्यु भएको छ ।

अमेरिका, भारत, ब्राजिल र अर्जेन्टिना पछि संक्रमितको संख्या १० लाख नाघ्ने स्पेन विश्वमै छैटौं मुलुक समेत बनेको छ ।

यूरोपमा केही महिना यता नयां कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । स्पेनले संक्रमणको दर केही घटेपछि अर्थव्यवस्थामा सुधार ल्याउन भन्दै प्रतिबन्धात्मक व्यवस्था खुकुलो बनाएको थियो ।

तर पछिल्लो केही दिनयता संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यूरोपेली मुलुकहरुमा कोरोना संक्रमण दर फेरि बढ्न थालेपछि विभिन्न कडा खालका प्रतिबन्धात्मक व्यवस्थाहरु फेरि लागु गरिएको छ । एजेन्सी

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार ०८:२८