सूचनाको शक्ति - The Power Of Information

        

च्याम्पियन्स लिगमा रियल मड्रिडको खराब शुरुवात, शख्तर डोनेस्कसंग ३–२ ले पराजित

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा हारबाट सुरुवात गरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह चरणको पहिलो खेलमा रियल युक्रेनी क्लब शाख्तर डोनेस्कसँग ३–२ ले पराजित भएको छ ।

च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल घरेलु मैदानमै पराजित भएको हो । जितसँगै समूह ’बी’ को शाख्तरले महत्वपूर्ण ३ अंक जोडेको छ ।

र, शाख्तर समूहको शीर्ष स्थानमा रहेको छ । च्याम्पियन्स लिग अन्तर्गत नै समूह ’ए’ को खेलमा साल्जबर्ग र लोकमोटिभ मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । एजेन्सी

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार ०८:२३