सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरसबाट एकै दिन २६ को मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २६ जनाको मृत्यु भएको छ।  नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै  दिन मृत्यु भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।

योसहित देशमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।  नेपालमा पहिलोपटक जेठ ३ गते कोरोना संक्रमितको मृत्यु भएको थियो ।

आज नेपालमा थप पाँच हजार ७४३ जनामा कोरोना संक्रमण भएको छ भने दुई हजार ९९६ जना कोरोनामुक्त भएका छन्।

नेपालमा आजसम्म एक लाख ४४ हजार ८७२ जनामा कोरोना संक्रमण भएको छ।

यीमध्ये सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ छ भने निको हुनेको संख्या ९९ हजार ६०५ पुगको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १६:५१