सूचनाको शक्ति - The Power Of Information

        

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से बुधबार १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता शेयर एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर भने उकालो लागेको छ । होटल १५।०३, जलविद्युत् १४।०९, वित्त ०।६, उत्पादन ६।३३ बिन्दुले घटेको छ ।

यस्तै, बैंकिङ २१।५५, व्यापार २३।४, विकास बैंक १०।०४, निर्जीवन बीमा ६४।२८, अन्य ३।०५, लघुवित्त ३।४१, जीवन बीमा ५७।९४ र सामूहिक लगानी कोष ०।१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्षस्थानमा छ । सो बैंकको रु २४ करोड २९ लाख ५७ हजार ८०७ बराबरको कारोवार भएको छ । यस्तै कुमारी बैंक  आठ करोड ३९ लाख ३० हजार ३४७, नेपाल बैंक सात करोड ४३ लाख ९७ हजार ६१०, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ६३ लाख ६९ हजार, ग्लोबल आइएमई बैंक रु चार करोड ५३ लाख ३५ हजार ४७२ र एनएमबी बैंक रु चार करोड १० लाख १४ हजार ८७१ बराबरको कारोवार भई शीर्षस्थानमा पुगेको छ ।

कारोवारका आधारमा आज जनरल इन्स्योरेन्स कम्पनी ९।८४, नेपाल हाइड्रो डेभलपर ४।४९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ४।४०, एनआइसी एशिया बैंक ४।१३, कुमारी बैंक ३।९४ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले २।७४ प्रतिशतले कमाए ।

त्यस्तै नेपाल फाइनान्स कम्पनी ५।०५, खानीखोला हाइड्रोपावर ४।७२, आँखुखोला हाइड्रोपावर ४।७२, पञ्चकन्या माई हाइड्रोपावर ४।५२, नेशनल हाइड्रोपावर ४।२४ र छुयाङदी हाइड्रोपावरका लगानीकर्ताले  ४।१२ प्रतिशतले गुमाए ।रासस

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १६:२६