काठमाडौं । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
प्रदेशका एक मन्त्रीले मन्त्रिपरिषद् बैठकले चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण र उपचारका निम्ति खर्च गर्ने निर्णय गरेको बताए।
कोरोनाको महामारीका बेला पनि मन्त्री र सांसदहरुले पर्वभत्ता लिएको भन्दै चौतर्फी रुपमा विरोध भएपछि संघ र प्रदेशका मन्त्री तथा सांसदहरुले भत्ता फिर्ता गर्न लागेका हुन्।
अहिलेसम्म प्रदेशसभामा रहेका नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका सांसदले पनि दशैँभत्ता फिता गर्ने निर्णय गरेका छन्।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार गण्डकी प्रदेशले लक्षणसहितका सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने बताएका थिए।
सत्यपाटी ।