सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । बुधबार बिहान दैलेखमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दैलेखको गुराँस गाउँपालिका २ बान्द्रेमा बिहान बा ४ ख ६७७१ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा चालक र अर्को एकजनाको मृत्यु भएको हो । टिपर चालक सिन्धुपाल्चोकको चौतारा नगरपालिका–१० साँगाचोकका ५१ वर्षीय राजेन्द्र केसी र नुवाकोटको ककनी गाउँपालिका ७ चतुरालीका २५ वर्षका मिलन तामाङको मृत्यु भएको हो ।

दैलेख प्रहरीका अनुसार दुवै जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १२:१७