सूचनाको शक्ति - The Power Of Information

        

प्याजको मूल्य फेरि बढ्यो, थोक बजारमै प्रतिकिलो १ सय ३५ रुपैयाँ

काठमाडौं ।  प्याजको मूल्य पुनः बढेको छ।  मंगलबार प्याजको मूल्य औसतमा सोमबारको तुलनामा प्रतिकिलो १४ रुपैयाँले बढेको छ।

कालिमाटी  तरकारी बजारमा प्याजको थोक मूल्य मंगलबारका लागि अधिकतम १ सय ३५ रुपैयाँ र न्यूनतम १ सय ३० रुपैयाँ तोकिएको छ। मंगलबारको लागि औसत मूल्य भने प्रतिकेजी १ सय ३२ रुपैयाँ तोकिएको छ।

सोमबार कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य प्रतिकेजी औसतमा १ सय १८ रुपैयाँ रहेको थियो।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार ११:४९