सूचनाको शक्ति - The Power Of Information

        

कराँचीमा विष्फोट, कम्तीमा तीन जनाको मृत्यु, १५ भन्दा बढी घाइते

काठमाडौं । पाकिस्तानको कराँची शहरमा ठूलो भयंकर विष्फोट भएको छ ।

गुलशन–ए–एकबालस्थित मसकन चौरंगीमा दुई तल्ले भवन विष्फोट भएको हो । जसमा कम्तीमा तीन जनाको ज्यान गएको छ भने १५ भन्दा बढी घाइते भएका छन् ।

उक्त विष्फोटबाट आसपासका भवनका झ्यालका सिसा पनि फुटेका छन् । पाकिस्तानी मिडिया डानका अनुसार सबै घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

विष्फोटको कारण अहिलेसम्म पत्ता लागिसकेको छैन । यो भयंकर विष्फोट सिलिन्टर विफोट भएको हुन सक्ने मुबिना टाउन पुलिस एसएचओले बताएको छ ।

कानुन प्रवद्र्धन एजेन्सी तथा सुरक्षा अधिकारीहरु समयमै घटनास्थलमा पुगेको पनि बताइएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार आसपासका घरका झ्यालका शिशाहरुका साथै केही सवारी साधनमा पनि क्षति पुगेको छ ।

मंगलबार कराँचीको शीरिन जिन्ना कोलनी नजिकै एक बस टर्मिनलको प्रवेशद्धारमा बम विफोट हुँदा ५ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार ११:४६