सूचनाको शक्ति - The Power Of Information

        

उद्योग वाणिज्य महासंघको निर्वाचन तालिका सार्वजनिक, कुन दिन के गर्ने?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा (नेतृत्व चयनको निर्वाचन) मा उम्मेद्वारी मनोनयन दर्ताका लागि सूचना प्रकाशित भएको छ।

महासंघको ५४ औं साधरण सभा मंसिर ११ गतेदेखि काठमाडौंमा हुँदैछ। जसका लागि महासंघको कार्यकारिणी समितिको निर्णय अनुसार निर्वाचन कमिटिले उम्मेदवारी मनोनयनका लागि सूचना प्रकाशन गरिएकाे हाे।

उम्मेदवारहरुको मनोनयन पत्र दाखिला गर्ने समय २०७७ मंसिर ८ गते साँझ ४ बजेसम्म दिइएको छ। निर्वाचन कमिटीले निर्वाचनमा मतदान गर्न पाउने प्रतिनिधिको पहिलो नामावली मंसिर २ गते प्रकाशन गर्ने भएको छ। मतदान गर्न पाउने प्रतिनिधिको नामावलीउपर दाबी विरोध गर्ने समय मंसिर ३ गते ११ बजेदेखि २ बजेसम्म राखिएको छ।

मतदान गर्न पाउने सदस्यहरु विरुद्ध परेको दाबी विरोधउपर छानबिन गरी संशोधनसहितको दोस्रो नामावली प्रकाशन मंसिर ३ गते ६ बजे हुने कमिटीले जनाएको छ।

निर्वाचन कमिटिले कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै उम्मेद्वारको मनोनयनलगायत प्रतिनिधि दर्ता (प्रतिनिधि दर्ता शूल्क र सदस्यता शूल्क लगायतका बैंक भौचर)  इमेलमार्फत् गर्ने कार्यलाई प्राथमिकता दिने भएको छ।

इमेलबाट आएका सबै कागजपत्रको सक्कल मंसिर ४ गते ५ बजेसम्म महासंघको सचिवालयमा आइपुग्नु पर्ने, अन्यथा त्यसपछिको मनोनयन स्वत: बदर हुने कमिटीले जनाएको छ। सोही अनुसार उम्मेद्वारको पहिलो नामावली प्रकाशन ४ गते ६ बजे हुने छ भने दोस्रो नामावली प्रकाशन ५ गते ११ बजे हुने कमिटीले जनाएको छ।

उम्मेदवारको दाबी विरोध मंसिर ५ गते ११ः३० बजेबाट २ बजेसम्म र दाबी विरोधउपरको छानबीन पछि उम्मेदरको नामावली प्रकाशन सोही दिन साँझ ६ बजे हुने निर्वाचन कमिटीले जनाएको छ। महासंघको ५४ औं साधारण सभामा मतदान गर्न पाउने मतदाताको नामावली भने मंसिर ११ गते ११ बजे प्रकाशन हुने भएको छ।

मतदान गर्न पाउने प्रतिनिधि विरोधको दाबी विरोध तथा छानबिनकाे समय ११ गते ११ः३० बजेदेखि १ः३० बजेसम्म रहेको छ। यसैगरी मतदान गर्न पाउने प्रतिनिधिको अन्तिम नामावली भने ११ गते ३ बजे हुने छ। साथै उम्मेदवारले मनोनयन फिर्ता लिन पाउने समय भने मंसिर ६ गते ११ बजेदेखि ८ गते ३ बजेसम्म रहेकाे छ।

उम्मेदवारको अन्तिम नामावली भने मंसिर ८ गते ५ बजे सार्वजकि हुने कमिटिले जनाएको छ। सबै प्रक्रिया पुरा गरी महासंघको नेतृत्व चयनका लागि निर्वाचन भने मंसिर १३ गते बिहान ८ बजेबाट साँझ ४ बजेसम्मको समय तोकिएको छ।

५४ औं साधारण सभाबाट चयन हुने पदाधिकारी सदस्यको विवरण
अध्यक्षः वर्तमान वरिष्ठ उपाध्यक्ष (शेखर गोल्छा) स्वत: अध्यक्ष
वरिष्ठ उपाध्यक्षः १ जना
उपाध्यक्ष–३ जना (जिल्ला नगर १, बस्तुगत १ र एसोसिएटबाट १)
कार्यकारिणी सदस्यः ६० जना
–महासंघको प्रत्येक प्रदेशबाट १-१ जना गरी ७६ जना
–उद्योग वाणिज्य संघको तर्फबाट–१८ जना
–वस्तुगत संघबाट–१४ जना
–एसोसिएट संघबाट –१९ जना
द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट–१ जना
–महासंघको संस्थापकहरुबाट–१ जना

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार ११:२४