सूचनाको शक्ति - The Power Of Information

        

डडेल्धुराका ६ सहित सुदूरपश्चिममा ७ जनामा कोरोना पुष्टि

 डडेल्धुरा  ।   डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा  डडेल्धुराका ६ सहित सुदुरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा अमरगढी नगरपालिका ५ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७३ नमूना परीक्षणमध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । डडेल्धुरा अस्पताल प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले डडेल्धुराका ६ जना, र बैतडीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मंगलबार अस्पतालले सार्वजनिक गरेको सूचना अनुसार डडेल्धुराको अमरगढी नगरपालिका -५ का ४ जना,अमरगढी नगरपालिका-११ का १ जना र डडेल्धुराकै गन्यापधुरा गाउँपालिका-१ का १ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी बैतडीको डिलासैनी गाउँपालिका-५का १ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचनामा उल्लेख गरीएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ११:२७