सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम: कतै बदली, कतै सफा

काठमाडौं ।  प्रदेश नम्बर १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहे पनि अन्य भूभागमा मंगलबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन्।

मंगलबार राति पनि प्रदेश नम्बर १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

अहिले बिहान प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहको छ।

हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले बताएका छन्।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ०८:१७