सूचनाको शक्ति - The Power Of Information

        

इंग्लिस प्रिमियर लिग : वुल्भ्स विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वुल्भ्स विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

वुल्भ्सका लागि राउल जिमिनेजले ७० औं मिनेटमा गोल गरेका हुन् । किलम्यानको सहयोगमा जिमिनेजले गरेको गोल नै वुल्भ्सको जितका लागि निर्णायक बन्यो ।

जितपछि पाँच खेलबाट ९ अंक जोडेको वुल्भ्स ९ अंकसहित छैटौं स्थानमा पुगेको छ । सुरुका दुई खेल गुमाएको वुल्भ्सले पछिल्ला तीन खेलमा भने लगातार जित दर्ता गरेको छ ।

गए राति नै भएको अर्को खेलमा वेष्ट ब्रोम र बर्नलीले गोलरहित बराबरी खेलेका छन् । एजेन्सी

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ०७:४३