सूचनाको शक्ति - The Power Of Information

        

अफगानिस्तानसँग शान्ति वार्ता गर्न चाहेको पाकिस्तानको भनाइ

काठमाडौं । पाकिस्तानले अफागानिस्तानसँग शान्ति प्रक्रिया अघि बढाउन चाहेको बताएको छ ।

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशिलले हिंसा न्यूनिकरणका लागि अफगानिस्तानसँग वार्ताका लािग तयार रहेको बताउनुभएको हो ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत डेबोरा लियोनसँगको भेटमा विदेशमन्त्री कुरेशिलले जारी हिंसा अन्त्यका लागि आफूहरु वार्ताबाट समस्या समाधान गर्ने पक्षमा रहेको बताउनुभएको हो ।

विशेष दूत डेबोरासँगको भेटमा कुरेशिलले क्षेत्रिय सहयोगका लागि आफूहरु शान्तिपूर्ण बाटोमा अघि बढ्न तयार रहेको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भेटमा दुवै देशले स्थायी शान्तिका लागि गर्नु पर्ने प्रयासहरुका बारेमा पनि छलफल भएको बताइएको छ ।

विदेशमन्त्री कुरेशीले शान्ति र स्थिरताबिना आर्थिक समृद्धि र क्षेत्रिय शान्ति कायम गर्न नकिने दोहो¥याउनुभएको हो । एजेन्सी

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ०७:३९