सूचनाको शक्ति - The Power Of Information

        

रुकुम पूर्वमा चार हजार बेरोजगार सूचीकृत

रुकुम । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम पूर्वमा झण्डै चार हजार बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७÷०७८ का लागि जिल्लाका तीन गाउँपालकाबाट चार हजार १६७ व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएका हुन् ।

सरकारले गएको साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको पालिकाको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । तोकिएको समयावधिभित्र फाराम भरेकाबाट वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार छानिई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको हो ।

सबैभन्दा बढी पुथाउत्तरगङ्गा गाउँपालिकाबाट एक हजार ८४३ बेरोजगार सूचीकृत भएको गाउँपालिकाका रोजगार संयोजक अनिता भुसालले बताइन् । यस्तै सिस्ने गाउँपालिकाबाट एक हजार ६०६ बेरोजगार सूचीकृत भएको सिस्ने गाउँपालिका रोजगार संयोजक सुशीलाकुमारी सिंहले जानकारी दिइन् । सबैभन्दा कम भूमे गाउँपालिकाबाट ७१८ बेरोजगार सूचीकृत भएका छन् । सूचीकृतलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम १०० दिनको काममा लगाइने गाउँपालिकाले जनाएका छन् । रासस

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार १८:०१