सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसका सबै सांसदले दसैंभत्ता फिर्ता गर्ने

काठमाडौं ।  नेपाली कांग्रेसले दसैं भत्ता फिर्ता गर्ने निर्णय गरेको छ। दसैंभत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति प्रकाशित हुने सचेतक पुष्पा भुसालले जानकारी गराइन्।

दसंैभत्ताको चौतर्फी विरोध भएपछि त्यसलाई फिर्ताको औपचारिक निर्णय गर्न पार्टी सभापति शेरबहादुर देउवाले प्रमुख सचेतक बालकृष्ण खाँडलाई निर्देशन दिएका थिए।

 संसदीय दलले निर्णय गरेर सबैको भत्ता फिर्ता गर्न सांसदहरुबाट नै आवाज उठेको थियो। सांसदट्ठय प्रकाशमान सिंह र  डिला संग्रौलाले संसदीय दलबाट औपचारिक रूपमा निर्णय गर्न सुझाएका थिए।

प्रमुख सचेतक खाँड, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दशैं भत्ता फिर्ता गर्ने जनाईसकेका छन्। प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन्। दसैं भत्तावापत संसद सचिवालयले प्रतिसांसद ६४ हजार ७० रुपैयाँ बैंक खातामा पठाइसकेको थियो।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार ११:१३