सूचनाको शक्ति - The Power Of Information

        

धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

धनुषा । धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

धनुषाको लक्ष्मीनीयाँ गाउँपालिकामा घर आँगनमा खेलिरहेका दुई बालिका नजिककैको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो ।

लक्ष्मीनीयाँ गाउँपालिका –१, सिनरजोडा घर भएका रामकुमार यादवकी छोरी ८ वर्षीया खुशी यादव र उपेन्द्र यादवकी छोरी ९ वर्षीया राधिका यादवको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो ।

शुक्रबार साँझ आफ्नै घरको आँगनमा खेलिरहेका ती बालिकाहरु साँझ घर नफर्केपछि परिवारजनले खोजी थालेको थियो ।

अबेर साँझसम्म कतै नभेटिएपछि प्रहरीलाई खबर गरिएकोमा खोजी गर्दा हिजो दुवै बालिका घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार ०९:४६