सूचनाको शक्ति - The Power Of Information

        

भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ४७ हजार ७६२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६६ लाख ५८ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ७४ हजार १९६ जनाको उपचार भइरहेको छ ।

कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ५६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६२९ पुगेको छ । एजेन्सी

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार ०८:३१