सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ९५ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ९५ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख ९६ हजार ८५८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ८९ हजार ६८३ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख ७ हजार ३७४ संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार ०७:००