सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

काठमाडौं उपत्यकामा १६९८ सहित २९४२ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

२४ घण्टामा २३२६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९४२ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

स्वास्थ्य अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९८ जना संक्रमित भएका छन् ।

काठमाडौंमा १४५१, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा २३२६ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतवार १७:११