सूचनाको शक्ति - The Power Of Information

        

आइतबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आइतबार (कात्तिक २) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ १२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३३ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २३ पैसा र बिक्रीदर २८ रुपैयाँ ३७ पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतवार ०८:२७