सूचनाको शक्ति - The Power Of Information

        

डुडुवाका महिला स्वास्थ्य स्वयंंसेविकालाई साइकल

बाँके । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन डुडुवा गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सक्रिय बनाउन थालेको छ । समुदायस्तरमा खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सेवा थप गुणस्तरण र प्रभावकारी बनाउन जिम्मेवार बनाउन थालेको हो ।

महिला स्वास्थ्य स्वयंसेविकालाई समुदायमा आवतजावतका लागि गाउँपालिका स्वास्थ्य शाखाले साइकल वितरण गरेको छ । शनिबार एक कार्यक्रममार्फत डुडुवा गाउँपालिका वडा नंं १ देखि ६ सम्मका ५९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरिएको छ ।

साइकल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले निस्वार्थ भावनाले २४ सै घण्टा खटिने महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा समेत बृद्धि गर्ने योजना रहेकोे भन्दै उनले समुदायमा स्वास्थ्य सचेतना तथा महिला स्वास्थ्यका समस्या समाधान गर्दै उनीहरुको भूमिकालाई प्रभावकारी बनाउन सेवासुविधा बृद्धि गर्ने बताए ।

गाउँपालिकाले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेकोले स्वास्थ्यमा सम्पूर्ण औषधी र ल्याबको निशुल्क व्यवस्था गरेको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष पटेश्वरी कुर्मी, गजेन्द्र कैराती, कार्यपालिका सदस्य लिलावति यादव, सुष्म यादव, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा विभिन्न स्वास्थ्य चौकीका इन्चार्जहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतवार ०७:३२