सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

आधा घण्टाको अन्तरमा दुई जना संक्रमितको मृत्युु

बाँके । आधा घण्टाको फरकमा बाँकेमा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना १८ वर्षीया युवतीसमेत छिन् । भेरी अस्पताल नेपालगन्जमा उपचाररत थप दुई संक्रमितको गएराति आधा घण्टाको फरकमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

मृत्युु हुनेमा नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगरका ६१ वर्षीय पुरुष र उपमहानगरपालिका १८ कारकाँदोकी १८ वर्षीषा युवती रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । भृकुटीनगर निवासी ६१ वर्षीय पुरुषको शुक्रवार राति ९ बजे र १८ वर्षीय युवतीको ९ः३० बजे मृत्यु भएको श्रेष्ठले बताए ।

असोज २५ गते अस्पताल भर्ना भएका पुरुषको स्वाँसप्रस्वाँसमा समस्या थियो । उनलाई प्लाजामा थेरापी लगायत विधिबाट पनि उपचार गरिएको थियो । त्यस्तै, असोज २९ गते अस्पताल भर्ना भएकी १८ वर्षीया युवतीमा पनि स्वाँसप्रस्वाँस सम्बन्धि समस्या रहेको श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार ०८:३९