सूचनाको शक्ति - The Power Of Information

        

भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार

काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार १६१ को मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ८९५ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६३ हजार ३७१ कोरोना संक्रमित थपिएको भारतमा कुल कोरोना संक्रमितको संख्या ७३ लाख ७० हजार ४६८ पुगेको छ ।

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार ०८:११