सूचनाको शक्ति - The Power Of Information

        

चितवन र बागलुङमा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ । चितवनका थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालका अनुसार संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका ३० जना, राप्ती नगरपालिकाका ७ जना, खैरहनी नगरपालिकाका ५ जना, माडी नगरपालिकाका २ जना, रत्ननगर नगरपालिकाका ५ जना, कालिका नगरपालिकाका ३ पुरुष र इच्छाकामना गाउँपालिकाका ३ जना पुरुक्षमा कोरोना संक्रमण पुष्टी भएको हो ।

यस्तै बागलुुङमा पनि थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बागलुङ नगरपालिकाको गरि ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित हुनेमा काठेखोला गाउँपालिका– ६ का २ जना, बागलुङ नगरपालिकाका ४५ जना र तमानखोला गाउँपालिकाका ३ जना रहेका छन् ।

संक्रमितमध्ये २० जना नेपाली सेना, १४ जना नेपाल प्रहरीसमेत रहेको बताइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार १०:१०