सूचनाको शक्ति - The Power Of Information

        

बागलुङका कोरोना संक्रमितकाे पाेखरामा मृत्यु

बागलुङ ।  कोरोना संक्रमणका कारण बागलुङमा थप एक जना पुरुषको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–२ का ७७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुधबार चरक मेमोरियल अस्पताल पोखरामा निधन भएको हो ।

उच्च रक्तचाप र मुटुको समस्या रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गत आइतवार थप उपचारको लागि पोखरा लगिएको थियो । उपचारका क्रममा पोखरा लगिएका उनको कोरोनाका कारण मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

उनी विगत लामो समयदेखी बागलुङ बजारमा किराना व्यवसाय गर्दै आएका थिए । योसँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार ०९:०७