सूचनाको शक्ति - The Power Of Information

        

बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टमाथि कुटपिट

बैतडी । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि कुटपिट भएको छ ।

संघर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष विष्टमाथि ढुंगा प्रहार भएको र टाउकोमा समान्य चोट रहेको प्रहरीले जनाएको छ ।

सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयहरुले केही दिनअघि तालाबन्दी गरेका थिए ।

केन्द्रका विषयमा हिजो दिनभरी छलफल हुँदासमेत निष्कर्षमा नपुगेपछि साँझ ताला खोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा ५ जना प्रहरी, संघर्षरत पक्षका ६ जना र अध्यक्ष विष्टसँग रहेका अन्य तीनजना घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो ।

सुर्नया गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँकार्यपालिकाले गत वर्ष नै निर्णय गरेको थियो ।

तर स्थानीयले सर्वोच्चमा विचाराधिन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार ०८:५८