सुनसरी । सुनसरीको धरानमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान उप-महानगरपालिकाका स्वास्थ माहाशाखा प्रमुख उमेश मेहताका अनुसार मंगलबार एन्फा एकेडेमीमा स्वाव संकलन गरिएका ९३ जना र २९ जना बीपी प्रतिष्ठानमा धरानमा स्वाब संकलन गरिएकाहरूमा संक्रमण पुष्टि भएको हो ।
योसँगै धरानमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६१२ पुगेको मेहताले बताए ।
सत्यपाटी ।